सुदूरखबर डटकम

चिनिया राष्ट्रपति नेपाल भ्रमण आएको दिन दुई घण्टा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण ठप्प हुने

label समाचार प्रकाशक query_builder October, 08 2019

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ४ बजेसम्म बन्द भएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका लागि आएको कार्गो विमानका कारण २ बजे देखि ४ बजेसम्म विमानस्थलमा उडान तथा अवतरण ठप्प पारिएको हो।

विमानस्थल व्यवस्थापनले त्यस अवधिमा उडान र अवतरण दुबै नहुने जनाएको छ । स्रोतका अनुसार आगामी २५ गते हुने पिङको भ्रमणका लागि यहाँ रहँदा प्रयोग गर्ने कारसमेत ल्याएर आएको कार्गो विमानका लागि त्रिभूवन विमानस्थलको ह्याङगर (पार्किङ) साँघुरो भएपछि रनवेमै पार्किङ गर्नुपरेका कारण उठान तथा अवतरण ठप्प पारिएको हो।

चिनियाँ राष्ट्रपतिको विमान नअट्ने भएकै कारण उनको भ्रमण अवधीमा पनि विमानस्थल बन्द हुने बताइएको छ।

खबरहवबाट साभार

तपाईंको प्रतिक्रिया दिनुस्