सुदूरखबर डटकम

घटालथानमा यसरी सम्पन्न भयो दशैँ जाँत (फोटो फिचर)

label प्रकाश पार्की query_builder October, 09 2019

डडेल्धुरा, असोज २२ । डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपिठ नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशै जाँत (मेला) सम्पन्न भएको छ। हरेक वर्ष बडा दशैको अशिग्राम मन्दिरमा दशै जाँत धुमधामसंग धार्मिक आस्थाका साथ मंगलबार सम्पन्न भएको हो। डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरु दशै जाँतका बेला घटाल बाबाको पूजाआजा संगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्किन्छन्।

मेला भर्न सुदूरपश्चिमका विभिन्न जिल्ला लगायत छिमेकि देश भारतबाट पनि भक्तजनहरु आउने गर्दछन्। मेलामा धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्दछन्। धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०÷१२ मुठि जति मुखभरीको बालुवा पानीसँगै घुटुघुटु खाने गरेको स्थानीयहरुले बताउँछन। घटाल बाबासंग कसैले केहि मागेमा मनोकामना पूरा हुने जनविस्वास रहदै आएको छ। यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहि आएको छ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ। पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ।

दशै जाँतको ९ दिन अघि घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा र्पुयाइन्छ बडा दशैको दिन मेला सकिएपछि बेलुकि देउरो पुनः चम्सालमा रहेको देवघरमा ल्याइने गरिएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले जानकारी दिए।

दशैजातका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि जाँतका बखत एकै दिनका लागि भएपनि घर फर्कने गरेका स्थानीय विमलप्रसाद बोहराले जानजकारी दिए। द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति र्पुयाएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ।

लडाइ मैदान मैवीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ।

सदियौ.देखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन्। दशै जातको अर्को आकर्षण आफन्तजनहरु संगको भेटघाट केहि समयका लागि भएपनि एकै थलोमा बसेर सुख दुख साँटासाँट गर्न पाउनु पनि हो।

हालका बर्षमा बैदेशिक रोजगारी तिर जानेहरुको संख्या बर्षेनी बढन थालेको छ। त्यसैले विगतमा जस्तो पुरुष भन्दा मेलामा महिलाहरुको उपस्थिति बढदै गएको देखिन्छ। यस्तै घटाल थानमा हरेक वर्षको बैसाख २ गते पनि मेला लाग्ने गर्दछ।

तपाईंको प्रतिक्रिया दिनुस्