सुदूरखबर डटकम

पछिल्लो समयमा देउडा संस्कृतीमा मौलिकता हराउदै

label समाचार प्रकाशक query_builder October, 09 2019

राजेन्द्र सिह साउद /बैतडी,असोज २२ ।
देउडा सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा गाइने प्रचलित गायन शैली हो । यसलाई देउडा भाषा, देउडा गीत को लेख, देउडा आदि नाम बाट चिनिएको पाउने गर्छ । खासगरी देउडा संगै मिल्ने भाषा सुदूरपश्चिमका बैतडी, बझाङ, डोटी,बझाङ, अछाम, बाजुरा र दार्चुला र कर्णाली प्रदेशका जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, हुम्ला का प्राय : क्षेत्रमा बोलिन्छ।
देउडा गीत को सुरुवात खस सभ्यता संगै भएको पाइन्छ । कतिपय ठाउँमा पहिलेका दिन हरूमा देउडा गीत गाउन लाज मान्ने चलन थियो ।यो अबस्थामा देउडा गीत बाटै छोरेट्टा र छोरेट्टी (सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा छोरेट्टा लाई केटा छोरेट्टी लाई केटी भन्ने गरिन्छ) माथी सवाल जवाफ चल्ने गर्दथ्यो ।देउडा गीत एक प्रकारको भाषा हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्राय: खासगरी खस भाषाको उद्गम स्थल जुम्ला जिल्ला लाई मानिएको छ । पश्चिममा नेपालका अधिकांश राज्यहरू जस्तै बैतडी, डोटी, दैलेख, दुल्लु, जाजरकोट आदि ठाउँमा खस भाषामा बोलिको प्रभाव परेको देखिन्छ ।
देउडा गीत को हिसाब ले र प्रयोग को हिसाब ले धेरै प्रकारको हुन्छ । यस्मा गायक हरू ले बिभिन्न ताल र लय हालेर गाएको देखिन्छ ।कुनै ताल मा बसेर गाइन्छ भने कुनै मा नाच्ने गरिन्छ । विशेष गरी देउडा ठाडी भाका, हुड्क्यौली, धमारी, फाग, सगुन, चैत जस्ता बिभिन्न माध्यमबाट गाइन्छ । प्रायजसो गरी एक्काइसौ शताब्दीमा प्रवेश गरे संगै सुदूरपश्चिमप्रदेश र कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा गाइने देउडा गीत लोप हुँदै गएको पाइन्छ ।
बिशेष गरी सुदूरपश्चिमप्रदेश र कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा गाइने प्रचलित देउडा गित मा आजभोली मौलिकता हराउदै गएको छ जुन देउडा गीत कलाकार ले गाइने लय शब्द मा पनि पुराना देउडा गीत को जस्तो मिठास पाइदैन । मेला पर्व मा पनि एक आपसमा मिलेर खेल्ने देउडा मा तडकभडक का साथ मा खेल्ने गरेको पाइन्छ । यसरी मौलिकता हराउदै गर्दा संरक्षण र प्रवर्द्धन गर्न बिशेष गरी सुदूरपश्चिम र मध्यपश्चिम का स्थानीय बासिन्दा ले त्यहा का संघसंस्था ले बिशेष गरी पहल चाल्नुपर्ने देखिन्छ । स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकारले पनि देउडा संस्कृति का लागि बिशेष गरी ध्यान दिएमा सुदूरपश्चिम र कर्णाली प्रदेशका बिभिन्न क्षेत्रमा गाइने देउडा गीत को संरक्षण र प्रवर्द्धन गर्न सकिने मेरो बुझाई रहेको छ ।

केही देउडा गीत हरू

(देउडा गीत हरू माया पिरती र सुदूरपश्चिममा मनाईने जात्रा संग सम्बन्धित छन्।)

-नै मेरो भनेको मान्नी का छै माया जाल
भौतै दिन की खबर बात क्या छन तेरा हाल ।।

– डाणा वारी डाणा पारी गैरी पीपल ढली
कै ठौर बस्याकी होली मेरा मन की कली ।।

– तु समराई लाग्दिन हो की बनवेत जान्तक
बाडुली लाग्दिन हो की खाना लै खान्तक ।।

– तेरो तो माया को पोको बाद्दो छु कुटुरी
आज भोल बोल्लिन बास्सी क्याकी भै निष्टुरी ।।

– पानी खान्या धारो निको उई है निको कुवा
क्याकिलाई निष्टुरी बनि ए निर्गुनी सुवा ।।

– रोला खोला सुकिगयो जन सुकेई मूल
कै ठौर को बास गरी ए हजारी फूल ।।

– बाटामा काफल की डाली काफल पाकि रैछ
भेट पन गरू की मान्दो समराई लागि रैछ ।।

– हिउनका जाणीका मैना सप्को छ सौलको
कलेजी है माया लौला प्रिता हौ डौलको ।।

– नै त गद्दी फोन मी कुरा नै राती का सैना
धन्य हो मायाकी लिला कठै लाणी दैना ।।

– कोई गया बम्बई की तीर कोई गया देहरा
दिन का दिन तुई सुवा सम्झी जान लाग्यो चेहरा ।।

– नै त खाया बाचा कसम पूरा हौन चाहना
तेरो मेरो माया जाल संसारकै नमुना ।।

– आईगया जातका मैना क्या छन तम्रा हाल
जातमा भेटघाट गर्ला साट्ला मायाजाल ।।

– गौरा बाईगै तीज बाईगै जातको पर्व हो
जात झानु देउणा खेल्लु हामरो गर्व हो ।।

– सुदूरका भौतै ठौर जात हुन्छे चैतली
झानु हो जात की ठौर ठोक्दु हो पैतली ।।

-तमलै आस्या मुईलै औलो संगै बस्ला बास
जात मान्दा चैतली मान्दा सुदूर मा खास ।।

-बोली भाषा कति निको कठै सुदूरका ठाउँको
जात खेल्ला चैतली खेल्ला आ-आफ्ना गाउँको ।।

– सुदूरपश्चिम कति निको हाम्रो प्रदेश नम्बर सात
उई निकी सुदूर की भूमी उई है निको साथ ।।

– सुदूरका नौई जिल्ला भौतै ठौर जात
भौतै ठाउँका मान्स औना पूजा अद्दा तात ।।

– भौतै ठौर दिन मी जात भौतै ठौर रात
कति निको लाग्दो हो कठै साथी सँगी साथ ।।

-जात झाई खेल्लुहो सब्ले देउडा रे चैतली
देउडा को अर्थ लै बुझ्नु ठोक्दु हो पैतली ।।

-ठौर ठौर जात को पर्ब निकि होईझौ बात
देउणा खेल्लु रहण मेट्टु साथी संगी साथ ।।

– एईपाली जातमा सब्को पूरा हौन चाहना
सोच्याको लै पूरा होईझौ छ शुभकामना ।।

राजेन्द्र सिह साउद सिगास गाउपालिका बैतडी
(सुदूरपश्चिमप्रदेश नेपाल)
सम्पर्क 9864983492

तपाईंको प्रतिक्रिया दिनुस्