सुदूरखबर डटकम

सुदूरपश्चिममा टीका थाप्न आउने जानेको चहलपहल

label जीवन बिष्ट query_builder October, 09 2019

धनगढी,असोज २२ ।
सुदूरपश्चिम प्रदेशमा टीका थाप्न आउने जानेको चहलपहल बढेको छ ।दशैको मुख्य दिन मंगलवार घर घरमा टिका लगाएका हरु आफन्तकोमा टीका थाप्न जान थालेका हुन् । दशैको समयमा सुनसान धनगढीमा चहल पहल बढ्न थालेको हो । हिन्दू परम्परा अनुसार दशै कोजागत पूर्णिमा सम्म दशै मनाइन्छ ।
सोहि परम्परा अनुसार अहिले आफ्न्तकोमा टिका लगाउनेहरुको घुइचो लागेको छ । दशैको टिका थाप्न मामाघर अत्तरिया जान लागेको धनगढी चौराहामा भेटिएका शन्तोष रावतले बताए । श्रिमती र छोरी साथमै रहेका उनी भन्छन्, ‘घरमा टिका लगाइसकियो मामा घर पनी नजिकै छ अहिले टिका लगाउन जाँदै छु ।’ उनले थपे, ‘मामा घर पछि टिकापुर ससुरालीमा पनी टिका लगाउन जानु छ, त्यस पछि बर्दिया अंकलकोमा जानु छ ।’ रावत भन्छन् ‘हिन्दु परम्परा अनुसार कोजाग्रत पूर्णिमा सम्म दशै मनाइन्छ कुनै आफन्तकोमा छोडि दैन सवैकोमा टिका लगाउने बिचार छ ।’
पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । विशेष व्यक्ति र साइत खोज्नेका लागि सुभसाईत तोकिएको भएपनि कोजाग्रत पूर्णमासम्म दशैंको टीका र जमरा लगाउन सकिने धनगढीको बन्देवी मन्दिका पुजारी पुष्पराज अवस्थिले बताए ।
जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा दशमीका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास रहेको अवस्थिले बताए ।
दशैमा गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । दशमि देखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

सवारी सञ्चालनमा निगरानी

दशैको टिका थाप्न जाने आउनेहरुको चहल पहल बढे सँगै ट्राफिक प्रहरीले सवारी सञ्चालनमा थप निगरानी बढाएको छ। चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कैलालीले विशेष निगरानी बढाएको हो।
चाडपर्वको बेला हुने सवारी दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थान गरिएको जिल्ला ट्राफिक प्रहरी कैलालीका प्रमुख प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीले बताए । दशैंको बेला ठाउँठाउँमा चेकिङ भइरहेको उनले जनकारी दिए। विभिन्न स्थानमा सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको छ। थप जनशक्ति पनि परिचालन गरिएको छ।
प्रहरीले होहल्ला गरेमा, शंकास्पद सामान ओसारपसार गरेमा, मदिरा सेवन गरी सवारी चलाएमा, जुवा तास खेलेको भेटाएमा, कालोबजारी भइरहेको, दुर्घटना भएको वा नशाको प्रभावमा हिँडिरहेको व्यक्ति देखेमा नेपाल प्रहरीको कन्ट्रोल १०० नम्बरमा खबर गर्न अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्