सुदूरखबर डटकम

बैतडीको सिगासमा कुटपिटमा परी २ जना घाइते

label समाचार प्रकाशक query_builder October, 09 2019

बैतडी,असोज २२ ।
सिगास धुरा धामलाइ प्रयटकिय क्षेत्र बनाउने भनी साउन ११ गते सिगास गाउपालिकामा दिएको ज्ञापन पत्र बुझाए पछि बैतडी जिल्ला सिगास गाउपालिका गाजरी २ मा आन्दोलनकारीले आन्दोलन गर्दा झगडामा परि २ जना घाइते भएका छन ।
घाइते हुनेमा जिल्लाकै सिगास गाउँपालिकाका ज्ञापनपत्र समितिका सदस्य ३५ बर्षिय गणेश सिह धामी र बर्ष ४० का नरेन्द्र सिह धामी रहेका छन। यस सिगास गाउपालिका युवाले यहामा रहेका सरकारी कार्यालयमा कर्मचारी र पुरानै ठाउमा सरकारी कार्यालय हुनुपर्ने ,सिगास धुरा धामलाइ प्रयटकिय क्षेत्र हुनुपर्ने, शून्य बिन्दुबाट बिजुली बाल्नु प्रर्ने,र कुर्चेनेटा बाट सिगास गाउपालिका जानेरोड खोल्नु प्रर्ने माग रहेको थियो।

सिगास गाउपालिकामा उप्त माग सहितको ज्ञापन पत्र पश्चात् सिगास गाउपालिका बाट बार्ता टोलि पठाएपछि बार्ता निस्कर्स बिहिन हुनु पुगेको थियो। आज भएको झडपमा सिगास गाउपालिकाबाट अध्यक्षको उम्मेदवार दिएका राप्रपा बाट उठेका नेता राम सिह साउद रोसन र प्रदेश स्तरिय सदस्य भगिराम बिस्वकर्माको नेतृत्वमा आएका लेक लुपुड माबिका प्र अ देब सिह धामी र अर्जुन माबीका प्रअ गोपाल सिह धामीले कोटिला बाट लगभग ६० जनाको युवा समूह ल्याइ अर्जुन माबिका प्र. अ. गोपाल सिह धामी स्वयमले गाजरीका केही युवालाइ कुटपिट गरी घाइते गरेका हुन भन्ने कुरा पिडित पक्षले भनेका छन ।

बार्ता टोलिका संयोजकलाइ कुनै जानकारी न दिई अकस्मात यस्तो हुनपुगेको हो।बिजुलिका तार गोधाममा स्टक राखी बिरोधी समुहले गाडिमा हालेर लग्दा यहाका युवाले गाजरी इलाका प्रहरी चौकी र संघर्ष समितिको मातहतमा बिजुलिका तार रहेको गाजरी चौकिले जानकारी दिनु भएको छ ।
जानकारी बिना यस्तो कार्य गरेको हुदा कोटिला र कुर्चेनेटा सडक खण्ड रोड जानू पर्ने भएपनी यस्तो कार्य भएकोमा घोर भर्सना गर्दछौ ,घर घरमा द्वन्द सृजना नभै बार्ताबाट टुङ्गो लागोस भनी संघर्ष समितीका सदस्री गणेश सिह धामिको भनाइ रहेको छ।

तपाईंको प्रतिक्रिया दिनुस्