सुदूरखबर डटकम

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते

label जीवन बिष्ट query_builder October, 09 2019

धनगढी,असोज-२२ ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी बजारमा मोटरसाईकल एक आपसमा ठोकिदा २ जना घाईते भएका हुन । पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु ५२ प ५१५१ नम्बरको मोटर साईकललाई से ४ प ८२५ नम्बरको मोटर साईकलले उछिन्ने क्रममा ठोकिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । दुर्घटनामा लम्की चुहा नगरपालिका वडा नम्बर २ का २७ बर्षिया बिजय पाण्डे र उनकी श्रीमती २५ बर्षिया ममता जोशी घाईते भएका छन । घाईतेको साडेपानी पोलिक्लिनीकमा उपचार भई रहेको र सवारी तथा चालक प्रहरीको नियन्त्रणमा छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्