सुदूरखबर डटकम

कांग्रेसबाट परशुराम नगरकार्यपालिका सदस्य महरा नेकपामा प्रवेश

label सुदूर खबर संवाददाता query_builder October, 18 2019

डडेल्धुरा, कार्तिक १ । कांग्रेसबाट परशुराम नगरपालिका नगरकार्यपालिका सदस्य रहेकी जानकी महरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छन् ।

शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरिय स्थानीय तहका जनप्रतिनिधिहरुलाई विशेष प्रशिक्षण कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीका लगाइलगाएर महरालाई पार्टी प्रवेश गराएका हुन्।

नेकपामा प्रवेश गरेकी महरा स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा १० को वडासदस्यामा निर्वाचित भइकी थिइन्।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।