सुदूरखबर डटकम

बैतडीमा ५ लाख बढीको अवैध सामान बरामद

label सुदूर खबर संवाददाता query_builder October, 18 2019

बैतडी, कार्तिक १ । प्रहरीले बैतडीको तल्लोस्वराडबाट ५ लाख बढीको बेवारिसे सामान बरामद गरेको छ । प्रहरीको गस्ती टोलीले शिवनाथ गाउँपालिका–२ शर्मालीबाट ५ लाख २५ हजार बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

१७ बोरा चिनी, मिश्री २८ बोरा, नरिवल २ पेटी, बिडी २ पेटी, पेठा मिठाई १९ टिन र गुड पट्टी ३८ पेटी रहेका छन् । यसका साथै सलाई ७ पेटी, चाउमिन ९ पेटी, चियापत्ती २ झोला, तेल ८ पेटी र कपडा १ बोरा बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

भन्सार छलि गरि ल्याइएको भनि सुराकीको आधारमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको समानलाई शुक्रबार आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय झुलाघाट बुझाइएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।