सुदूरखबर डटकम

बैतडीमा ‘द हन्ड्रेड’ नकआउट खसीकप क्रिकेट हुने

label सुदूर खबर संवाददाता query_builder October, 18 2019

बैतडी, कार्तिक १ । बैतडीमा पहिलोपटक ‘द हन्ड्रेड’ नकआउट खसीकप क्रिकेट प्रतियोगिता हुने भएको छ । दोगडाकेदार ६ मा रहेको चमतडी स्टारको आयोजनामा हुने प्रतियोगिता शनिवार भोली १ दिने हुने भएको छ ।

प्रतियोगिताका खेलहरु भने दोगडाकेदार गाउँपालिका ५ र ६ मा मैदान अभावका कारण लेकम गाउँपालिका १ चौलानी किनारमा रहेको चोचेबगर खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

पहिलोपटक १ एक सय बलको हुने प्रतियोगितामा ५ बलको १ ओभर हुने भएको छ । तिहारको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा बैतडी र दार्चुलाका गरी ६ टिमको सहभागिता रहेको आयोजक चमतडी स्टारका संरक्षक नैनसिंह गोयलाले जानकारी दिए ।

शिक्षक भोजराज जोशीको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार एउटा खसी रहेको छ । यस्तै द्वितीय, म्यान अफ द सिरीज, म्यान अफ द म्याचलाई पनि आकर्षक पुरस्कारको ब्यवस्था रहेको आयोजकले जनाएको छ ।

तिहारको शुभकामनाका साथै क्रिकेटको विकासका लागी प्रतियोगिताको आयोजना गरिएको चमतडी स्टारले जनाएको छ । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म इंग्ल्याण्ड र वेल्समा आधिकारिक रुपमा पहिलोपटक सञ्चालन हुँदैछ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।