सुदूरखबर डटकम

सिगासका ऐतिहासिक महत्व बोकेको पर्यटकिय स्थलहरु अझै ओझेलमा, सम्बन्धित निकायको बेवास्ता

label समाचार प्रकाशक query_builder November, 21 2019

टेक सिंह धामी/ बैतडी,मंसिर-५ ।
भुपरिवेष्ठित राज्य नेपाल सुदुरपश्चिम प्रदेश नं ७ अन्तर्गत बैतडि जिल्लामा अवस्थित ग्रामीण क्षेत्र साविक च्वागड क्षेत्र र हालको संघिय संरचना अनुसार सिगास गाउँपालिकाको कुल क्षेत्रफल २४४.४४ बर्ग किलोमिटर रहेको छ।र बि.स २०६८ को जनगणना अनुसार यस गाउँपालिका को कुल जनसंख्या करिब २१ हजार ५ सय रहेको थियो। भने हाल यो बढेर करिब ३०-३१ हजार पुगेको अनुमान गरिएको छ। यस गाउँपालिका मा जम्मा ९ वटा वडाहरु रहेका छन् तर आज सम्म आइपुग्दा पनि यस क्षेत्रका केही वडाहरू मा मात्र सडक सन्जाल को पहुच भएपनि अधिकांश वडाहरू सडक सन्जाल विहिन अवस्थामा छन्। प्राकृतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिएको यो गाउँपालिका मा बिबिध धार्मिक, साँस्कृतिक, पर्यटकीय, ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थलहरू रहेकाछन। जसमध्ये सिगास धुरा पर्यटकीय, धार्मिक,साँस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ यस्तै सिगास गाउँपालिका अन्तर्गत का विभिन्न मठमन्दिर हरु सिगास कैलपाल मन्दिर,निलपाल ,भौनेलि ,लाटा मन्दिरहरू रहेका छन्।

सिगास गाउँपालिका अन्तर्गत वडा नं ९ मा अवस्थित धार्मिक पर्यटकीय तथा परमपरागत ऐतिहासिक मुल्य र महत्व बोकेको दोगाडा भुमिराज मन्दिर एवम् शक्तिपीठमा परापूर्व कालदेखि नै त्यहा पुजा आजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ र यसका नजिकै भएर बग्ने २ नदिहरू को संगम स्थल ले पनि यो क्षेत्र लाई बिशेष रमणिय बनाएको छ।
यसका साथसाथै सिगास गाउँपालिका भरिमा यस्ता थुप्रै ऐतिहासिक देवभुमि वनजङ्गल ,नदीनाला ,खोला ठुलाठुला चउर ,पहाडहरू ,गुफाहरू रहेका छन्

हालसम्म आइपुग्दा पनि गाउँपालिका लगायत अन्य निकायहरुले यसका लागि कुनै छलफल र पहल गर्न सकेको छैन बिडम्बना
र यस्ता क्षेत्रहरु को संरक्षण संवर्धन ब्यवस्थापन प्रचार प्रसार गर्ने कुरामा पनि खासै चासो नराखेको जनगुनासो रहेको छ।
यदि यि क्षेत्रहरूको ब्यवस्थापन प्रचार प्रसार गर्ने हो भने समग्र सिगास गाउँपालिका ऐतिहासिक मुल्य मान्यता रिति रिवाज कला भाषा संस्कृति को जगेर्ना का साथै गाउँपालिका को बिकास मा समेत टेवा पुग्ने देखिन्छ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...