eSudur Khabar

सांसद जोशीद्धारा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहात हस्तान्तरण

label समाचार प्रकाशक query_builder November, 21 2019

अत्तरिया, मंसिर ५ ।
कञ्चनपुरको सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीको आक्रमणबाट ज्यान गुमाएका बलदेव बोहराका परिवारलाई राहात स्वरुप आर्थिक सहयोग गरेको छ। समन्वय समितिले आज मृतक बोहराको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ गणेशपुर स्थित घरमै पुगेर २५ हजार नगद हस्तान्तरण गरेको हो।

बोहराको परिवारलाई कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपाका प्रदेश सांसद महेशदत्त जोशी मार्फत राहात स्वरुप उक्त रकम दिईएको वन समन्वय समितिका उपाध्यक्ष अर्जुन साउदले बताएका छन। बोहराको गत असोज २९ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

सहयोग हस्तान्तरण सामुदायिक वन समन्वय समितिकाअध्यक्ष शिवदत्त पन्त, उपाध्यक्ष अर्जुन साउद सचिव नरेश राज भट्ट, सब डिभिजन वन कार्यालय शुँक्लाफाटाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो।

Comments
Loading...