सुदूरखबर डटकम

नगरपालिका प्रमुखको टोली द्वारा बिधालय अनुगमन

label समाचार प्रकाशक query_builder November, 22 2019

अत्तरिया, मंसिर-६ ।
गौरिगङ्गा नगरपालिकाको वडा न.११ मा रहेको कालिका आधारभूत बिधालयमा आज नगरपालिका को टिमले शैक्षिक गुणस्तर बुझ्न अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिधालयको भौतिक ,प्रशासनिक ,आर्थिक अवस्थाको निरीक्षण तथा बिद्यार्थीहरुको शैक्षिक अवस्था का बारेमा अनुगमन गरिएको थियो । अनुगमनमा नगर प्रमुख भिम देउबा ,प्रमुख प्रशासनिक अधिकृत भक्त राज जोशी ,शिक्षा शाखा प्रमुख हरिश पन्त लगायतको सहभागिता थियो भने अन्तरक्रिया कार्यक्रमा बिद्यार्थी ,शिक्षक ,बिधालय ब्याबस्थापन समिती ,शिक्षक अभिभाक संघ लगायत को सहभागिता थियो ।

प्रमुख देउवाले शिक्षकले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको खण्डमा शैक्षिक गुणस्तरमा बृद्धि आउने धारणा राखे । उनले विद्यालयको अनुगमन पश्चात नगरपालिका तुरुन्तै एक्सनमा जाने बताए । वडाका सबै विद्यालयको अनुगमन गरिने समेत प्रमुखले बताए।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...