eSudur Khabar

सिगास गाउपालिका वडा नम्बर ८ शिवलिङ्गमा लागेको जात्रा समापन

label समाचार प्रकाशक query_builder December, 02 2019

राजेन्द्र सिह साउद /बैतडी ,मंसिर १६  ।

बैतडी को सिगास गाउँपालिका वडा नम्बर ०८ शिवलिङ्ग (लेक) स्थित भूमिराज माण्डौ मन्दिरमा मा हरेक बर्ष जस्तै यो वर्षपनि लागेको जात्रा सभ्य र भव्य रुपमा विधिवत् रूपमा समापन भएको छ ।

हिजो अर्थात् आईतबार राति रतेणी र आज ससोमबार दिउसेणी मेला भएसंगै जात्रा समापन भएको हो ।

मेला मा सिगास गाउँपालिका का नौ वटै वडा र सिगास गाउँपालिका बाट बसाई सरेर गएका कञ्चनपुर र कैलाली जिल्लाबाट समेत जात्रा हेर्ने को घुईचो लागेको थियो ।

सिगास गाउँपालिका वडा नम्बर ०८ शिवलिङ्ग ( लेक ) मा पर्ने भूनेली माण्डौ मा रहेको मन्दिरमा पूजा अर्चना सहित जात्रा लागेको थियो ।।हिजो राती रतेणी र आज दिउँसो दिउसेणी जात्रा भएको थियो । मेला मा रातभरी महिला र पुरुष ले मनोरञ्जन को लागि छुट्टा छुट्टै देउडा खेल खेलेका थिए ।

मेलालाई सभ्य , भव्य र व्यस्थित बनाउन चार किल्ला सिमाना निर्धारण गरी सिगास सिगास गाउँपालिका वडा नम्बर ०८ को कार्यालय संगै मेला व्यवस्थापन समिति ले सूचना जारी गरेको थियो । यस संगै मेला स्थल लाई सभ्य, भव्य र व्यस्थित बनाउन शुरक्षाकर्मी को समेत ब्यवस्था गरिएको थियो ।

सिगास गाउँपालिका को शिवलिङ्ग ( लेक) मा लाग्ने जात्रा सभ्य , भव्य र व्यस्थित रूपमा समापन भएको भन्दै मेला लाई सभ्य, भव्य र व्यस्थित बनाउन रूपमा समापन गर्न सहयोग गर्ने सम्पूर्ण शुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल सहित आम सर्वसाधारण लाई मेला व्यवस्थापन समिति ले धन्यबाद समेत ज्ञापन गरेको छ ।

सिगास गाउँपालिका को शिवलिङ्ग ( लेक) मा लागेको यो जात्रा सबै भन्दा अन्तिम जात्रा को रूपमा चिनिन्छ भने देउलेख मन्दिर मा लाग्ने जात्रा लाई प्रथम जात्रा को रूपमा चिनिन्छ।

Comments
Loading...