eSudur Khabar

बित्थड चिर देउलेक र सिगास गाउँपालिका गर्जे जोड्ने (निमार्णाधिन) सडक खण्डमा ट्याक्टर दुर्घटना

label समाचार प्रकाशक query_builder December, 03 2019

टेक सिंह धामी/ बैतडी,मंसिर-१७ । बैतडी सिगास गाउँपालिका र बित्थड चिर गाउँपालिका देउलेक जोड्ने गरि निमार्णाधिन अबस्थामा रहेको सडकखण्डमा मा ट्याक्टर दुर्घटना भएको छ ।
बित्थड चिर गाउँपालिका बझाङ र सिगास गाउँपालिका बैतडी को समन्वयमा बिगत ५/६ महिना अघि देखि नै निमार्ण कार्य सुरु भएर बित्थड चिर गाउँपालिका को सिमाना क्षेत्र क्रश भएको थियो। तत्पश्चात सडक सन्जाल निर्माण को काम निरन्तर भइरहेको थियो त्यसैक्रममा पहिले पहिले जनशक्ति बाट नै देउलेक बाट पेट्रोल ढुवानी गराएर काम सन्चालन भइरहेको थियो।सडक को अवस्था कमजोर र पहाडी क्षेत्र को चट्टान को को कारण ले ।


त्यसपछि सडकको दुरी लमबिदै जादा जनशक्ति बाट पेट्रोल ढुवानी को काम असम्भव भएपछि टिप्पर बाट पेट्रोल ढुवानी गरेर काम गरिरहनु भएको थियो। त्यति बेला को अबस्था सामान्य भएपनि केहि दिन यता ट्याक्टर बाट पेट्रोल ढुवानी कार्य भइरहेको थियो ।
देउलेक बझाङ बाट पेट्रोल ढुवानी गर्ने क्रममा हिडेको ट्याक्टर बैतडि सिगास को सिमाना क्षेत्र (खन्टेको दोकान को धार ) जहा बाटो अलि साघुरो र अपठ्यारो रहेको छ। सोहि ठाउँमा आएर अकस्मात ट्याक्टरले सन्तुलन गुमाएपछि यो घटना भएको हो चालक ले सन्तुलन गुमाएको थाहा पाएपछि गाडि बाट हाम फालेर प्राण जोगाएका छन् उहाँको अनुसार उनको अबस्था अहिले सामान्य रहेको छ।
ट्याक्टर सडक बाट करिब करिब ६००मिटर दुरि तल ठुलो भिर बाट खसेर नदिमा पुगेको छ । पहाडी क्षेत्रको चट्टानि भु भाग (पोड) र बाटो अपठ्यारो र भिर भएकाले यस्तो घटना भएको स्थानिय ले जानकारी दिनुभयो

Comments
Loading...