eSudur Khabar

दुई उम्मेद्वारको धरौटी जफत

label समाचार प्रकाशक query_builder December, 07 2019

बैतडी,मंसिर-२१ 
यही मंसीर १४ गते सम्पन्न भएको उपनिर्वाचनमा बैतडीमा दुईजनाको धरौटी जफत भएको छ । खसेको मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो ।
दोगडाकेदार गाउँपालिका वडा नं ४ को वडा अध्यक्ष पदमा राप्रपा संयुक्तका तर्फबाट उम्मेद्वारी दिएका देवसिंह खत्री र पुर्चौंडी नगरपालिका ४ मा स्वतन्त्र उम्मेद्वारी दिएका चन्द्रबहादुर बोहराको धरौटी जफत भएको हो ।
खत्रीले कुल खसेको १ हजार ९८ मत मध्ये ६ मत मात्र प्राप्त गर्नुभएको थियो भने बोहराले कुल खसेको १ हजार ३३० मत मध्ये ३५ मत मात्रै प्राप्त गर्नुभएको थियो । धरौटी फिर्ता पाउनका लागि उम्मेद्वारहरुले कुल खसेको मतको १० प्रतिशत मत आफ्ना पक्षमा ल्याउनुपर्ने प्रावधान रही आएको छ । अन्य उम्मेद्वारहरुले पनि निर्वाचन भएको ९० दिनभित्र आफ्नो धरौटी फिर्ता लगि सक्नुपर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका १ र पुर्चौडी नगरपालिका ४ मा सम्पन्न उपनिर्वाचन ८ जना चुनावी प्रतिस्प्रर्धा रहेका थिए ।

Comments
Loading...