eSudur Khabar

बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान

label समाचार प्रकाशक query_builder December, 09 2019

बैतडी, मंसिर-२३ ।
बैतडीमा पहिलोपटक माछा उत्पादनमा अनुसन्धान गरिएको छ । गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजमा अध्ययनरत विद्यार्थीले एकलिङ्गीय टिलापिया माछा उत्पादनमा अनुसन्धान गरेको हो।
कृषि कलेजमा आठौं सेमेष्टरमा अध्ययनरत ५ जना विद्यार्थीको समूहले उक्त अनुसन्धान गरेको हो । स्नातक तहमा गरिने प्रयोगात्मक अनुसन्धान ( ग्लमभचनचबमगबतभ एचबअतष्अगm ब्ककष्कmभलत ) ग्एब् अन्तर्गत महेश बुढामगर,सुसान्त चौधरी, बिरेन्द्र चौधरी ,करुणा सापकोटा र लक्ष्मी भण्डारीको टोलीको एकलिङ्गीय टिलापिया माछामा अनुसन्धान गरेका हुन् । १ सय दिन लगाएर गरिएको अनुसन्धानले बैतडी जिल्लामा टिलापिया प्रजातीको माछाको लागि उपयुुक्त रहेको कुरा पुष्टि भएको अनुसन्धानमा सहभागी महेश बुढामगर बताउनुभयो । यो हाम्रो अनुसन्धानले एक वर्गमिटरको एउटै क्षेत्रफलमा ५,१०,१५,२० गरि फरक फरक अनुपातमा फरक प्लटमा टिलापिया माछा राख्दा कुन प्लटमा राम्रो बृदिदर पाइन्छ । उहाँले भन्नुभयो“ जसअनुसार ०.५ ग्रामबाट सुरु गरिएका माछा अनुसन्धानको अन्त्य सम्म अधिकतम १६० ग्राम र न्युनतम करिब ८० ग्राम सम्म भएको थियो”
विशेषगरि यसको लागि पानीको उपर्युक्त तापक्रम करिब २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम हुने भएको हुदा मङ्सिर पछि बैतडी गोकुलेश्वेरको तापक्रम करिब १५ डिग्री सेल्सियस भन्दा कम हुँदै जाने भएको हुदा अनुसन्धान लाई उपयुक्त उद्देश्यमा पुर्याइ ती माछाहरुलाइ बजारिकरण गरेको जनाईएको छ । अहिलेको माछाको माग उच्च भएको हुदा विशेषत यो टिलापिया माछामा काडा नहुने भएको हुदा बृद्ध,बच्चाहरु जसले पनि सजिलै खान सक्ने हुदा यस्को महत्व अनुसार ५०० रुपैयाँ प्रतिकिलोका दरले बेचेका बताईएको छ ।
नदी, खोलानालाका माछा मारेर खाने चलन बनाएका स्थानीय किसान हाम्रो यो सानो प्रयासले गर्दा माछापालन प्रती आकर्षित भएका छ्न र माछापालन बाट पनि जिबनोस्तर उकास्न सकिन्छ भन्ने कुरा सिकेका छ्न ।
एकलिङ्गिय टिलपिया माछाको बृद्धिदर अरु भन्दा चाँडो हुने सकेत बताईएको छ । द्विलिङ्गिय हुदा पोखरीमै प्रजनन गर्ने गर्दछ्न जसले गर्दा उनिहरुको सामर्थ प्रजनन हुँदा अधिकतम मात्रामा प्रयोग हुने गर्दछ त्यसकारण एकलिङ्गिय हुदा कुनै सामर्थ अनावश्यक खेर नजाने र शरिर वृद्धिमै प्रयोग हुने गरेको अनुसन्धानले देखाएको छ ।

Comments
Loading...