eSudur Khabar

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढी लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’

label समाचार प्रकाशक query_builder February, 15 2020

धनगढी उपमहानगरपालिका–४, बाट केही दिनअघि साढे तीन सय मिलिग्राम लागू औषधसहित १९ वर्षीय बिराट रावल र राजेन्द्र रावललाई प्रहरीले पक्राउ ग¥यो ।

उनीहरु दुवै जनाले धनगढी–७, का फुलचन रानाबाट लागू औषध किनेको बयान प्रहरीलाई दिए । राना तिनै व्यक्ति हुन्, जसलाई लागू औषध कारोबारका तीन वटा मुद्दामा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेको थियो ।

पछि पक्राउ परेका रानासहित तीनै जना विरुद्ध लागू औषधमा मुद्दा चलिरहेको छ । गत साता लागू औषध ब्राउन सुगरसहित दुई युवा धनगढीबाटै पक्राउ परे । पक्राउ परेका २० वर्षीय रोहन साउँद र प्रेम बम लागू औषध प्रयोगकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । उनीहरुको साथबाट प्रहरीले भारतबाट ल्याएको सवा दुई ग्राम लागू औषध बरामद गरेको थियो ।

धनगढीको मिलनचोकबाट गत महिना १६ वर्षीय दुई किशोर लागू औषधसहित पक्राउ परे । भारतबाट लागू औषध नाइटूाभेट ल्याउने क्रममा पक्राउ परेका् । उनीहरु लागू औषध प्रयोग र बिक्रीवितरण दुवै काम गर्ने गरेको प्रहरी अनुसन्धानपछि खुल्यो ।

एक प्रहरी अधिकृतका अनुसार स्कूले विद्यार्थी रहेका दुवै किशोर साथीभाइको लहलहैमा लागू औषधको दुव्र्यसनमा फस्न पुगेका रहेछन् । भारतबाट लागू औषध ल्याएर प्रयोग गर्ने र अरुलाई पनि बिक्री गर्ने कार्यमा उनीहरुको संलग्नता रहने गरेको खुल्यो ।

यी प्रतिनिधि उदाहरणमात्र हुन्, पछिल्लो समय यहाँ लागू औषधमा फस्ने युवायुवतीको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको छ महिनामा मात्रै लागूऔषध मुद्दामा ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘पक्राउ परेकामध्ये एकाधबाहेक सबै ३० वर्षमुनिका छन् ।’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले भने, ‘यसबाट ठूलो युवा जनशक्ति
लागूऔषधको कुलतमा फसेको देखिन्छ ।’ लागू औषध प्रयोगकर्ता युवती र ‘टीन एजर’को संख्या बढ्दै गईरहेको प्रहरी उपरिक्षक गिरी बताउछँन्।

लागूऔषध प्रयोगकर्ता विद्यालय र क्याम्पसका विद्यार्थीको संख्या बढी छन् । लागूऔषध मुद्दामा कारबाही भोगेर फर्केपछि कतिपय पुनः त्यही कुलतमा फस्ने गरेकोसमेत पाइएको गिरीले बताए ।

युवाहरुको लागूऔषधमा फस्नुको कारण साथीभाइको संगत, बेरोजगारी, नैराश्यतालगायत भएको प्रहरीको भनाइ छ । लागूऔषधको जालोमा फस्ने युवाको संख्या बढ्दै गएपछि जिल्ला समन्वय समितिले लागूऔषध विरुद्धको अभियानै संचालन गर्ने निर्णय गरेको छ ।

स्थानीय तहहरुसँग समन्वय गरेर अभियान संचालन गरिने समन्वय समितिका प्रमुख सुर्यबहादुर थापाले बताए । लागूऔषधको सबैभन्दा बढी कारोबार हुने र प्रयोगकर्ता रहेको प्रदेशको अस्थायी राजधानी धनगढी हो । धनगढी लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको नागरिक समाजका अगुवा बताउँछन् ।

सेवनकर्ता र लागूऔषध बरामदका सबैभन्दा बढी घटना धनगढीमै हुने गरेका छन् । भारतसँग सिमा जोडिएको र बढी जनसंख्या भएको ठूलो सहर भएकाले पनि धनगढीमा लागूऔषधका घटनाहरु बढी हुने गरेको प्रहरीको तर्क छ । प्रहरी सक्रियताले प्रयोगकर्ताहरु धमाधम पक्राउ पर्न थाल्नुले पनि घटनाहरु बढी देखिएको प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।

नेपालमा उत्पादन नहुने भएकाले ब्राउनसुगर गारैीफण्टा, पलियालगायत सीमावर्तीभारतीय बजारबाट लागू औषधमा भित्रिनेगर्छ। लागु औषध ओसारपासोर गनर्हेरुको सञ्जाल सिमा वारपार रहको खुला सिमानाका कारण लागु औषध भित्रिने गरको उनले बताए ।

चरेश यहाँबाट भारत जाने गर्छ । गत सोमबार मात्र प्रहरीले भारत लैजान लागेको चार किलो आठ सय ग्राम चरेशसहित दुई जनालाई त्रिनगर सिमा नाकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना महिला हुन् । लागू औषधका कारण आपराधिक घटनाहरु पनि बढेका प्रहरी अधिकारीहरु बताउँछन् । चोरी, झैझगडा, बेश्यावृत्तिलगायत सामाजिक अपराधको मुल कारण लागूऔषध रहने गरेको प्रहरी उपरिक्षक गिरीले बताए ।

‘सामाजिक अपराधका ८० प्रतिशतभन्दा बढी घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता रहने गरेको पाइन्छ ।’ उनले भने, ‘त्यसैले अपराध नियन्त्रणका लागि पनि यो चुनौतिको विषय बनेको छ ।’

हत्यालगायत जघन्य अपराघका घटनामा पनि लागू औषध प्रयोगकर्ताको संलग्नता रहने गरेको प्रहरीको भनाइ छ । लागूऔषधको प्रयोगकै कारण हत्याका घटनाहरु पनि विगतमा धनगढीमा भएका छन् ।

लागूऔषध प्रयोगका क्रममा प्रयोगकर्ताबीच विवाद हुँदा दुई वर्षयता दुई जनाको हत्या भएको छ । लागूऔषध नपाएर गत वर्ष प्रहरी हिरासतमा रहको दईुजना प्रयोगकर्ताको मृत्यु भएको थियो। प्रहरीको तथ्यांकअनुसार लागू औषधसम्न्धी मुद्दामा साढे दुई वर्ष यता कैलालीमा तीन सय ३२ जना पक्राउ परेका छन्।

आर्थिक वर्ष २०७४/०७५ मा पक्राउ परेका एक सय आठ जनाबाट पह्ररीलेसाढे८७ किलोचरशे , ८४० ट्याव्लेट नाइट्रोभेट, २३९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

यस्तै गत आर्थिक वर्षमा चरेश र गाँजा चार÷चारकिलो, २६५ ग्राम ब्राउनसुगर तथा ३७ हजार छसय ट्याब्लेट नाइट्राभेट, स्पास्मोप्रक्सोभन,फेनारगन, ट्रमाडोललगायत लागू औषध बरामद गरिएको थियो ।

गत वर्ष लागुऔषध मद्दुामा एक सय २७ जना पक्राउ परको थिए । प्रहरी उपरिक्षक गिरीले प्रयोगकर्ता बढ्न नदिन लागूऔषधको आपूर्ति नियन्त्रण गर्ने प्रयासमा प्रहरी रहेको बताए ।

‘खुला सिमानाका कारण चुनौति छ तर भारतबाट आयात हुन नदिन लागूऔषध नियन्त्रणमा प्रहरी सक्रियता बढाएका छौँ ।’ उनले भने, ‘अभिभावकले पनि आफ्ना सन्तानको संगत, व्यवहारमा चासो दिए लागू औषध नियन्त्रण गर्न सकिन्छ ।’

Comments
Loading...