सुदूरखबर डटकम

बाजुराको मालिका माविमा शंकास्पद बस्तु भेटियो

label सुदूर खबर संवाददाता query_builder August, 17 2018

मदन विक/सुदूरखबर।
बाजुरा, भदौ १ । बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यामिक विद्यालयको प्राविधिक भवनभित्र शंकास्पद बस्तु राखेको भेटिएको छ ।

  

विदयालयमा टिएसएलसी र प्राविधिक तर्फ ईन्जिनियरिङको परीक्षा संचालन भइरहेका बेला विद्यार्थीहरूलाई तर्साउन शंकास्पद बस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहिवार रातिको समयमा शंकास्पद बस्तु राखेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । तर, कसले राखेको हो भन्ने खुलेको छैन ।

सदरमुकाम समेत रहेको उक्त बडिमालिका नगरपालिकामा रहेको मालिका नमुना माध्यमिक बिद्यालयमा शंकास्पद बस्तु भेटिएपछि जिल्ला सदरमुकाम आसपासका क्षेत्रमा सुरक्षा दिएको छ भने डिस्पोजल गर्न नेपाली सेनाको टोलीलाई खबर गरिसकेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताएका छन् ।

विद्यालयमा संचालन भइरहेको परीक्षा विद्यालयकै अन्य कक्षाहरूमा संचालन भइरहेको छ । बिहानै देखि जिल्ला सदरमुकाम मार्तडी बजार त्रसित बनेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।