सुदूरखबर डटकम

भोलीको नेपाल बन्दलाई सफल पार्न भन्दै विप्लव नेकपा सल्यानको विज्ञप्ती

label समाचार प्रकाशक query_builder June, 24 2019

असार ९,  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार (भोलि) नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । विस्तृतमा तलको विज्ञप्ति हेर्नुस्-

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार १० गते अर्थात भोली नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेललाई असार ५ गते प्रहरीले गोली हानेर हत्या परेको भन्दै नेपाल बन्द आह्वान गरेको नेकपाले जनाएको छ ।

पार्टीका महासचिव विप्लवले यसअघि विज्ञप्ती जारी गरि नेपाल बन्दको आह्वान गरेका हुन् । केन्द्रको कार्यक्रम अनुसार सल्यान जिल्लामा पनि बन्द सफल पार्न भन्दै नेकपा सल्यानले विज्ञप्ती जारी गरेको छ । जिल्ला सेक्रेटरी लोक्पालले जारी गरेको विज्ञप्तीमा सल्यान स्थित सम्पुर्ण उद्योगी, व्यापारी, यातायात व्यवसायी, संघसंस्था, शैक्षिक संस्था, कलकारखाना लगाएत सबैलाई बन्द सफल पार्न आग्रह गरिएको छ ।

 

विज्ञप्तीमा भनिएको छ , “केपी–पिके सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्द लगाएर फाँसिबादी दमन गरि जनतालाई लुट्न आफ्नो सत्ता टिकाउन खोजिरहेको छ । सेना–प्रहरी सँग लड्ने हाम्रो कुनै चाहान र योजना छैन्, तर केपी–पिकेको गठबन्धन सरकारले प्रहरी प्रशासन लगाएर हामीमाथि फाँसिबादी दमन गरि युद्व थुपार्न खोज्दैछ ।”

असार ५ गते पौडेललाई राजनितीक कार्यक्रम सकेर फर्कदै गर्दा प्रहरीले पक्राउ गरि एकान्तमा लगेर गोली हानी बर्बरतापुर्वक हत्या गरेको नेकपाले जनाएको छ । हत्या गरिसकेपछि दोहोर भिडन्तमा मारिएको भनेर गलत प्रचार गरिरहेको उसको आरोप छ ।

यस्तो छ विज्ञप्ती

तपाईंको प्रतिक्रिया दिनुस्