सुदूरखबर डटकम

बैतडीमा प्रेसर कुकर बम भेटियो

label सुदूर खबर संवाददाता query_builder June, 25 2019

बैतडी, असार १० । बैतडीको महाकाली राजमार्गमा प्रेसरकुकर बम भेट्टिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले महाकाली राजमार्ग अन्तर्गत सतबाँझ गोकुलेश्वर सडकखण्डको धरमघरमा सडकबीचमा राखेको उक्त बम निष्क्रिय पारिएको छ ।

उक्त बमलाई बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

सडकमा बम राखेको खबर पाएपछि आज बिहानै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली बम डिस्पोजलका लागि धरमघर पुगेको थियो । गएराति दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीसंग पुगेको थियो ।

राति बसमा सवार यात्रुहरुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकमा बम भएका कारण तराईवाट बैतडीको गन्ना तथा दार्चुलाका लागी छुटेका सवारी साधन रोकिएका थिए । रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको प्रहरी निरीक्षक पातलीले जानकारी दिए ।

यसैबीच ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्दका कारण बैतडीमा छोटो तथा लामोदुरीका सवारी साधन पूर्ण रुपमा बन्द भएका छन् । बन्दका कारण सडक सुनसान बनेको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।