सुदूरखबर डटकम

बझाङमा वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगजनी

label डीबी विष्ट query_builder June, 25 2019

बझाङ, असार १० । जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालयमा आगजनीको प्रयास भएको छ । अज्ञात समूहले बिहान ४ बजे वडा कार्यालयको ढोकामा पेट्रोल छर्केर आगो लगाएको वडा नम्बर ३ का वडाअध्यक्ष कलक वलीले जानकारी दिए ।

वडा कार्यालय पडेश गाँउ नजिकै भएका कारण स्थानीय बासिन्दाले तत्कालै थाहा पाएपछि आगोलाई नियन्त्रणमा लिएको उनको भनाइ छ । आगजनीबाट वडा नम्बर ३ को मुल ढोकामा सामान्य क्षति पुगेको वडा अध्यक्ष वलिले बताए ।

वडा कार्यालयमा शंकास्पद बस्तु
जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ११ मा समेत शंकास्पद बस्तु राखिएको छ । वडा नम्बर ११ को मुल ढोकामा जिआइपापबाट मोबाइटको ब्याट्रीमा तार बेरेर वडा कार्यालयकोभित्र दुई वटा तार लगिएको वडा सदस्य नरबहादुर पातलीले बताए ।

उनकाअनुसार कसले राखेको हो भन्ने केही पनि जानकारी नभएको तर अहिले उक्त कुराको जानकारी सुरक्षा निकायलाई जानकारी गराएका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्