सुदूरखबर डटकम

गोदावरी नगरपालिकाको बजेट १ अर्ब १६ करोड : नगरलाई ‘स्मार्ट सिटी’ बनाइने

label समाचार प्रकाशक query_builder June, 25 2019

कैलालीको गोदावरी नगरपालिकाकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ५६ लाख ५६ हजार ५ सयको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको मंगलबार आयोजित तेस्रो नगरसभामा नगरपालिका उपप्रमुख रत्ना कडायतले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि सो बजेट पेस गरेकी हुन् ।

नगरप्रमुख हरिसिह साउदको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, बिशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण राज सुवेदी, बिशिष्ठ अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दिर्घ सोडारी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा सांसद चुन कुमारी चौधरी रहेका थिए भने पूर्व योजना आयोगका सदस्य विजय कुमार, नेपाली काङ्ग्रेसका नगर सभापति हेमराज उप्रेती, ने.क.पा.का प्रदेश कमिटी सदस्य मान बहादुर रावल, जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा आदी अतिथीमा रहेका थिए ।

उनले आगामी बर्षको लागी १ अर्ब १६ करोड ५६ लाख ५६ हजार ५ सयको आय ब्यय प्रस्तुत गरेकी हुन् । जसमा चालु तर्फ ४८ करोड २६ लाख ३१ हजार र पुजीगत तर्फ ४५ करोड २६ लाख ३१ हजार ५ सय गरी जम्मा ९४ करोड १६ लाख १६ हजार ५ सय रहेको छ ।

यस्तै संघिय र प्रदेश सरकारबाट प्राप्त हुने बित्तिय समानिकरण अनुदान २० करोड ४८ लाख ९० हजार तथा ससर्त अनुदान तर्फ २७करोड ३७लाख ,राजस्व डांडफांड तर्फ १७ करोड ३८ लाख २१ हजार ,संघिय बन रोयल्टी बाफत ४४ लाख २९ हजार र आन्तरिक आय तर्फ १२ करोड ९५ लाख २६ हजार ५ सय र संघिय र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक र विषेश अनुदान तथा नगद मौज्दात बाट रु १५ करोड ५२ लाख ५० हजार गरी जम्मा ९४ करोड १६ लाख १६ ह्जार ५ सय आय अनुमान गरिएको छ ।

समग्र गोगावरी विकासका लागि सुदुरपश्चिम प्रदेशको सदरमुकाम रहेको यस क्षेत्रलाई स्मार्ट सिटी बनाउनेमा नगरपालिकाको जोड दिएको छ । नगरपालिका भित्र आवश्यक भौतिक पुर्वाधारको निर्माण गरी केन्दिय एव् प्रदेश सरकार सँगको सहकार्यवाट यस नगरको विकासमा जोड दिएको छ । निती तथा कार्यक्रमको उद्घाटन सहित शुभकामना मनतब्य राख्नु भएका गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले सुरु भएको कार्यक्रमको संचालन गोदावरी नगरपालिका वडा न. १ वडा अध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता सर्मानन्द भट्टले गर्नु भएको थियो ।

नगरपालिका भित्र रहेका अ‍ैलानी जग्गालाई नम्मरी बनाउने, आन्तरिक श्रोतको पहिचान गरी दिगो र प्रभावकारी बनाउनमा नगरपालिकाले जोड दिएको छ । त्यस्तै नगर र वडा कार्यलयबाट जनतालाई चुस्त, दुरुस्त बनाउन संस्तागत विकासमा जोड दिएको छ । नगरपालिकाको निति, योजना, वजेट तथा कार्यक्रम र तिनको कार्याग्वयनको अवस्थाको बारेमा जनताले प्रतक्ष सहभागिता हुनु पर्नेमा जोड दिएको छ ।

त्यस्तै सुरक्षित बसोवास र व्यवस्थित शहर निर्माणको लागि राष्ट्रिय भवनसंहिता तथा मापदण्ड पूर्ण रुपमा लागु गरिने भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्