सुदूरखबर डटकम

अछामको कमलवजारमा छोरी जन्मिए खातामै एक हजार

label नमराज भण्डारी query_builder June, 25 2019

अछाम, असार-१० ।
अछामको कमल वजार नगरपालिकाले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु १००० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । मंगलवार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका ‘कमलबजार छोरी प्यारी छोरी ’ कार्यक्रम साउन १ गते देखि लागु हुनेगरि रकम विनियोजन गरिएको छ ।
‘छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैङ्कमा खाता खोली प्रत्येक वर्ष १ हजारका दरले २० वर्ष सम्म खातामा रकम जम्मा गर्ने कार्यक्रम रहेको नगर प्रमुख भुमिसरण ढकाल वजगाईले वताईन् ।


नगरपालिकाको आगामी आ.व. २०७६÷०७७ को बार्षिक कार्यक्रम तथा नीति प्रस्तुत गरिदिन हुन कमलबजार नगरपालिकाका नगर उपप्रमुख एवं अध्यक्ष श्री भुमीशरण ढकाल बजगाइले एक वडा एक फलफुल तथा तरकारी पकेट क्षेत्र निमार्ण गरिने उल्लेख गरिन् ।
बंथि∙ सेन्टर नभएका वडामा बंथि∙ सेन्टर स्थापना गरिने छ साथै २४ सै घण्टा गुणस्तरिय सेवा प्रदान गर्नका लागी सेवाप्रदायक लाई थप प्रोत्साहन प्रदान गरिने नगरपालिकाको वजेट वक्तव्य जनाईएको छ ।
नगरले एक वडा एक प्राबिधिक बिद्ययालय को पहल गरिने छ ।मेयर छात्रबृति कार्यक्रम अन्र्तगत उच्च शिक्षा तथा प्राबिधिक शिक्षा अध्ययनरत बिध्यार्थीलाई कार्यबिधी बनाई छात्रबृति प्रदान गरिने पनि अवधारण लिएके छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा एकसरे तथा भिडियो एक्स्रे सेवा प्रभावकारी बनाउन नयाँ भिडियो एक्सरे तथा जेनेटर तथा रेडियो ग्राफर को ब्यवस्था गरिने भएको छ । नगर क्षेत्रमा राष्ट्रिय बिद्युत प्रशारण लाईन बिस्तार गरि बजार क्षेत्रमा यसै बर्ष विद्युत सेवा बिस्तार गरिने छ साथै २ वर्ष भित्र सवै वडाहरुमा विद्युत सेवा उपलब्ध गराईने निति तथा कार्यक्रममा जनाईएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्