सुदूरखबर डटकम

उमेर बढ्दै जाँदा स्मरण शक्तिमा आउने ह्रास रोक्न के गर्ने ?

label सुदूर खबर संवाददाता query_builder July, 04 2019

काठमाडौं, असार १९ । मासिनहरुको उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि क्रमशः घट्दै जान्छ । अधिकांशमा यो समस्या देखा पर्दछ । दिमागलाई तजे बनाइ राख्ने के गर्ने ? भन्ने विषयमा मानिसहरु अनविज्ञ हुन्छन् । यस सम्बन्धी गरिएका विभिन्न अध्ययनहरुले यस्तो देखाउँछ–

न्यूरोलोजी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार मानसिक सन्तुलनलाई कायम राख्न पढ्ने, सांगितिक कार्यक्रममा सक्रिय बन्ने, विभिन्न कार्यक्रममा उपस्थित बन्ने गर्नुपर्दछ । धेरै एकान्त प्रेमी मानिसमा बिर्सने समस्या बढी रहने सो अध्ययनले देखाएको छ ।

स्वीडेनको गोदनवर्ग विश्वविद्यालयका अनुसार, ‘यो नतिजाले यस्तो संकेत गर्छ, अधबैँशे उमेरका र बुढापाका सक्रिय बन्नु नै स्मरणशक्ति बढाउनु हो ।’ स्वास्थ्यलाई सुरक्षित राख्न व्यायाम पनि आवश्यक छ । यसले मानिसको व्यक्तित्व बढ्नुका साथै स्मरण शक्ति जोगाइराख्न मद्धत मिल्छ । स्वीडेनमा गरिएको उक्त अध्ययनमा ८०० महिला सामेल थिए जसमा धेरैको उमेर ४७ वर्ष बढीको थियो ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।