सुदूरखबर डटकम

स्कुल गएको १४ बर्षिय शुशिल केसी बेपत्ता: खोजि गर्न सक्दो शेयर गर्नुहोस !

label समाचार प्रकाशक query_builder July, 08 2019

भरतपुर महानगरपालिका १६ विजयनगरकी मिना केसीले छोरालाई सधै स्कुल पठाउनु हुन्थ्यो । उहाँले २०७५ फागुन ८ गतेको दिन, केसीले आफ्ना दुई छोरालाई खाना खुवाएर स्कुल पठाउनु भयो । विहान ९ बजे नै स्कुल गएका दुई छोरा मध्ये कान्छा छोरा साढे चार बजे नै घरमा आए । तर, १५ बर्षिय जेठा छोरा शुशिल केसी भने घरमा फर्किएनन् ।

साँझ सम्म घरमा नआएपछि सबैतिर सोधपुछ गरिन्, कतै भेटिएनन् । विद्यालयका शिक्षक संग पनि सम्पर्क गरिन पत्ता लगाउन सकिनन् । एक, दुई दिन पछि घरमा आऊला भन्ने सोचमा थिईन मिना । तर, आएनन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनमा आएर उजुरी पनि दिईन । तर, छोराको अवस्था पत्ता लागेन ।

पश्चिम चितवनको विजयनगर स्थित शेषकान्त अधिकारी माध्यमिक विद्यालयमा शुशिलले कक्षा छ पढ्दै आएका थिए । उनि विद्यालयमा गएका बेला घरमा नआएको उनका बुवा गोपाल केसीले जानकारी दिए । विद्यालयले पनि खोजिनिति नगरिदिएको उनको आरोप छ ।

चितवन, धादिङ, मकवानपुर, पश्चिममा रुपन्देही सम्म खोजि गरेपनि अहिले सम्म नभेटिएको उनले बताए । ५ महिना देखि घर परिवारको सम्पर्कमा नआएका शुशिललाई उनका बुवा र आमाले खोजिरहनुभएको छ । “गाडी लाईनमा छ भन्ने सुनेको छु । हाम्रो सम्पर्कमा आएका छैनन्,” उनका बुवाले भने, “देख्नुहुनेले ९८४५३९२९५१ र ९८६४२२९९८८ मा सम्पर्क गरिदिन अनुरोध गर्दछु ।”

तपाईंको प्रतिक्रिया दिनुस्