सुदूरखबर डटकम

अमेरिकाको राजधानी वाशिङटनमा बाढी : ह्वाइट हाउसमा पनि पानी पस्यो

label सुदूर खबर संवाददाता query_builder July, 09 2019

काठमाडौं, असार २४ । अमेरिकाको राजधानी वाशिङटन डिसी क्षेत्रमा बाढी आएपछि आवतजावतमा समस्या भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो। केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो।

अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो। बाढीबाट अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित भयो। वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो।

बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो। तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन्।

त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्। मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।