सुदूरखबर डटकम

भारतले हारेपछि कप्तान कोहलीले यसो भने…

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

काठमाडौं, असार २६ । आइसीसी विश्वकप २०१९ को सेमिफाइनलमा हारेपछि भारतीय कप्तान विराट कोहलीले न्यूजिल्याण्डका बलरको तारिफ गरेका छन् । भारतीय कप्तानले सुरुवाती ४०–४५ मिनेटदेखि नै खेलको ढाँचा परिवर्तन भएको बताएका छन् ।

उनका अनुसार न्यूजिल्याण्डको शानदार बलरका कारण टिम दबाबमा परेको र गल्ती गर्न बाध्य भए । यद्यपि, उनले भारतीय समूहले पूरा खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको बताए ।

भारतीय कप्तानले खेलपछि पत्रकारको प्रश्नको जवाफ दिँदै भने, ‘हामी हारेपछि निराश पक्कै छौं तर हाम्रो आत्मविश्वास अलिकति पनि खस्किएको छैन ।’

‘गल्ती स्विकार्न लाज लाग्दैन’

भारतीय कप्तानले भने, ‘आजको हारपछि अहिले नै तुरुन्त केही भन्नु ठिक छैन । पछि फुर्सदमा कहाँ गल्ती भयो र के गर्न सकिन्थ्यो भनेर समीक्षा गर्न सकिन्छ ।’

उनले न्यूजिल्याण्डका बलरको खुलेर तारिफ गर्दै भने, ‘केही शट पक्कै पनि राम्रा थिएनन् तर रोहित शानदार बलिङमा आउट भए । म पनि राम्रो बलिङमा नै आउट भएँ । लक्ष्य ठूलो थिएन र हामीलाई लागिरहेको थियो कि सजिलै यसलाई परिवर्तन गर्न सक्नेछौं । तर न्यूजिल्याण्डले बलिङ गर्न सुरु गरेबित्तिकै उनीहरुलाई हामीलाई सुरुवाती ८ ओभरमा शट खेल्ने मौका नै दिएनन् । उनीहरुले हामीलाई दबाबमा पारे । हामीलाई यो कुरा स्विकार गर्न कुनै लाज लाग्दैन ।’

तर यसको अर्को पाटो पनि हेरिनुपर्ने उनको भनाई छ । उनले भने, ‘यो खेलमा हामीले राम्रो प्रदर्शन गरेका छौं । रोहितले शानदार ब्याटिङ गरेका छन् । बुमराह र जडेजाको पनि प्रदर्शन निकै राम्रो रह्यो । हामीले शानदार क्रिकेट खेल्यो र पूरा मेहनत गरेका छौं ।’

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।