सुदूरखबर डटकम

न्युजिल्यान्डसँग हारेपछि भारतीय मिडियामा कप्तान कोहली ‘भिलेन’

label सुदूर खबर संवाददाता query_builder July, 11 2019

काठमाडौं, असार २६ । न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले आफ्नो देशका कप्तान विराट कोहलीलाई ‘भिलेन’ बनाएका छन्।

म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्।

२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन्। भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो।

आजको खेलमा रवीन्द्र जडेजाले सबैभन्दा बढी ७७ रन बनाए भने महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए। तर दुवैले जित दिलाउन सकेनन्।

दुवैले ११६ रनको गतिलो साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो। आजको खेलमा फ्लप भएका कोही, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके।

भिडियो हेर्नुहोस् :

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।