सुदूरखबर डटकम

के रेखा थापाको कारण शिल्पाले छवि ओझासँग डिभोर्स मागिन ? यस्तो छ कारण [भिडियो हेर्नुहोस ]

label shishir query_builder July, 11 2019

गुपचुप बिहे गरी सँगै बसेका फिल्म निर्माता छविराज ओझाविरुद्ध उनकी तेस्री पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएकी छन् ।महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पोखरेलको उजुरी परेपछि सो सम्बन्धमा छलफलका लागि बुधबार दुवैलाई बोलाइएको छ ।अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि ओझाले पोखरेलसँग ०७३ को दशैंमा बिहे गरेका थिए । त्यसअघि नै ओझाले पोखरेललाई निर्मात्री राख्दै फिल्म पनि बनाएका थिए ।ओझासँग पोखरेलको केही महिनादेखि खटपट चलिरहेको थियो । सोही खटपटका बेला ओझाकी पूर्वपत्नी थापासँग पोखरेलको निकटता बढेको थियो ।

उनले आफूलाई हुने गरेको हिंसासम्बन्धी जानकारी थापालाई दिने गरेको बताइन्छ । थापाको सल्लाहमा नै प्रहरीमा उजुरी दिने निर्णयमा पोखरेल पुगेकी थिइन् ।छविले पोखरेललाई ‘लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए । मंगलम, हवल्दार सुन्तलीलगायतका फिल्ममा पनि पोखरेलले अभिनय गरिन्, जुन ओझाकै व्यानरमा निर्माण भएको थियो ।यसैबीच पोखरेलले ओझासँग डिभोर्स माग गरेकी छन् । सँगै बस्न नसक्ने भनी डिभोर्स मागेका कारण ओझाले आफूलाई घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी पुगेको बताइन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
shishir

shishir