सुदूरखबर डटकम

बाजुराको बडीमालिका ७ नगरकै पहिलो साक्षर वडा घोषणा

label मदन विक query_builder July, 11 2019

बाजुरा, असार २६ । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ लाई साक्षर वडा घोषणा गरिएको छ । बिहीबार वडा नं. ७ लाई बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा एक औपचारिक कार्यक्रमका वीच साक्षर वडा सदस्य एंव शिक्षा संयोजक धनलाल पाध्यायले साक्षर वडा घोषणा गरेका हुन् ।

सेभद् चिल्ड्रेन÷पीसविन बाजुराको सहकार्य बडीमालिका नगरपालिकाको समन्वय÷सहयोग तथा वडा नं.७ को आयोजनामा उक्त वडा घोषणा गरिएको छ ।

वडामा १५ देखि ६० वर्ष उमेर समूहका जम्मा १ हजार ४ सय एघार जना रहेका छन् । जसमध्ये महिला ६ सय ९३ पुरुष ७ सय अठार गरी जम्मा ९४.३२ प्रतिशत साक्षर भएपछि वडालाई साक्षर घोषणा गरिएको हो ।

‘सम्वृद्ध नगर, खुशी नगरबासी’ नेपाल साक्षर वर्ष २०७६ लाई सफल पार्न उक्त वडा बडीमालिका नगरपालिकाकै पहिलो साक्षर वडाका रुपमा घोषणा गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

वडामा ९४.३२ प्रतिशत साक्षर भएपछि वडालाई साक्षर वडा घोषणा गरिएको हो । नगरपालिकाका अन्य ८ वटा वडाहरु क्रमसः साक्षर घोषणाको तयारीमा रहेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्