सुदूरखबर डटकम

हज गर्न साउदी जाने टोलीलाई गृहमन्त्री थापाको बिदाइ

label सुदूर खबर संवाददाता query_builder July, 18 2019

काठमाडौं, साउन २ । सरकारले साउदी अरबमा हज गर्न जाने पहिलो टोलीलाई विदाइ गरेको छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक कार्यक्रमका बीच हजयात्रीलाई गृहमन्त्री रामबहादुर थापाले बिदाइ गरेका हुन् ।

आज १५६ सदस्यीय पहिलो टोली हज गर्न साउदी गएको हो । बिदाइ कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायत उपस्थित थिए ।

त्यसैगरी, नेपालका लागि साउदी र युएईका राजदूतहरु पनि विमानस्थल पुगेका थिए । यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जानेछन् । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो । प्रत्येक वर्ष विश्वभरका मुस्लिमहरु हज गर्न साउदी जाने गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।