सुदूरखबर डटकम

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा फेला

label सुदूर खबर संवाददाता query_builder July, 20 2019

बैतडी, साउन ४   ।  बैतडीमा शनिबार एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन् । दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार की १८ वर्षीया लक्ष्मी भट्ट आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

शुक्रबार राति खाना खाएर आफ्नै कोठामा सुत्न गएकी लक्ष्मी शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

मृतक भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । किशोरीले आत्महत्या गर्नुको कारण भने केही खुलेको छैन् । किशोरी एसइइमा अनुतिर्ण रहेकी पारिवारिक श्रोतलाई उद्घित गर्दै प्रहरी निरीक्षक पातलीले बताए । घटनाको थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।