सुदूरखबर डटकम

आज साउनको पहिलो सोमबार : पशुपतिमा भक्तजनको भीड

label सुदूर खबर संवाददाता query_builder July, 22 2019

काठमाडौं, साउन ६ । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउन महिनाको सोमबार भगवान् शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। पशुपति दर्शनका लागि बिहानैदेखि ठुलो संख्यमा सर्वसाधारण पूजाअर्चनाका लागि पुगेका छन्।

साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

साउने साेमबारकाे महत्व :

साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ ।

साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ ।

महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागी जाने गर्दछन् ।

सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ ।

विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।

मध्य युरोपका देशहरुमा समेत सोमवारको खास महत्व छ । मध्य युरोप, खासगरी पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरुमा सोमवारको दिन केटीहरु पानी-पानी हुने दिन हो ।

सोमवारको दिन केटाहरुले केटीहरुलाई पानीले भिजाइदिने गर्छन् । अझ आफुलाई मन परेको केटीलाई पानी छ्यापेर टाउको देखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरुले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ । भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ ।

वर्षैभरीका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन । हिन्दु महिलाहरुले साउनको सोमवारलाई विशेष रुपमा मनाउने गरेझैँ मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरुले खासगरी क्रिस्चियनहरुको पवित्र सप्ताह इस्टरको दोश्रो दिन अर्थात् इस्टर मण्डेको दिन यसरी महिलालाई पानीले भिजाउने काम गर्छन् । केटाहरु बोतल तथा बाल्टिनमा पानी भरेर केटीहरुलाई लखेट्दै पानी खन्याइदिने गरिन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।