सुदूरखबर डटकम

बाहुबली स्टार प्रभासले साहो फिलिम रिलिज भएसँगै विवाह गर्ने !

label समाचार प्रकाशक query_builder August, 03 2019

बाहुबली स्टार प्रभासको विवाहलाई लिएर लामो समयदेखि चर्चा हुने गरेको छ । प्रभास यो समय तेलुगू फिल्म उद्योगका अविवाहित अभिनेता हुन् जसको चर्चा युवतीमाझ निकै छ ।

प्रभासको नाम बाहुबलीकी को स्टार अनुष्का शेट्टीसँग जोडिने गरेको छ । तर उनीहरुले सम्बन्धलाई अस्वीकार गर्दै आएका छन् । अब नयाँ समाचार आएको छ कि प्रभासको परिवार उनको फिल्म साहो रिलिज भएपछि विवाह गरिदिने तयारीमा जुटेका छन् ।

भारतीय अनलाईनहरुका अनुसार उनको परिवारले अमेरिकामा व्यापार गर्दै आएका एक व्यापारीकी छोरीसँग विवाह गराउने तयारी गरेका छन् तर यसको पुष्टि भने भइनसकेको समाचारहरुमा जनाइएको छ ।

प्रभासका काका कृष्णम राजूले गत वर्ष प्रभासले यो वर्ष विवाह गर्ने मिडियाहरुमा बताएका थिए । प्रभासका काकाले परिवारको इच्छाको बारेमा बताएका थिए तर प्रभासले भने विवाह नीजि मामला भएको बताएका थिए ।

एक भारतीय अनलाइनमा प्रभासकी बहिनीले अन्तर्वार्ताका क्रममा आफूहरु दाइको विहेको प्रतिक्षामा रहेको बताएकी थिइन् । दाइले लामो समय आफूहरुलाई नकुराउने उनले बताएकी थिइन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...