सुदूरखबर डटकम

टोटनह्यामको विजयी सुरुवात : केनले गरे ४ मिनेटमा २ गोल

label सुदूर खबर संवाददाता query_builder August, 11 2019

लण्डन, साउन २६ । टोटनह्याम हट्सपरले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा टोटनह्यामले यसै सिजन च्याम्पियनसिपबाट बढुवा भएर आएको एन्टन भिल्लालाई ३–१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।

उसको जितमा ह्यारी केनले खेलको अन्तिम ४ मिनेटमा दुई गोल गरेका थिए । लन्डनस्थित टोटनह्याम हट्स्परको मैदानमा भएको खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो ।

खेलको नवौं मिनेटमा जोन म्याकगिनले गोल गर्दै अग्रता दिलाएका थिए । तर अन्तिम १७ मिनेटमा ३ गोल खाँदै एस्टन भिल्ला पराजित भएको हो । खेलको ७३ औं मिनेटमा टानगोए एनडोम्बेलेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेल सकिन ४ मिनेट बाँकी छँदा स्ट्राइकर ह्यारी केनले अग्रता दिलाए भने चार मिनेटपछि नै केनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम विजयी भयो ।

  • एजेन्सी
तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।