सुदूरखबर डटकम

सोमपालको वेनिपेग हक्सले जित्यो ग्लोबल टी–२० क्रिकेटको उपाधि

label सुदूर खबर संवाददाता query_builder August, 12 2019

काठमाडौं, साउन २७ । नेपाली अलराउण्डर सोमपाल कामी रहेको वेनिपेग हक्सले ग्लोबल टी–२० क्रिकेटको उपाधि जितेको छ । आईतबार भएको खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरको खेलमा पराजित गर्दै हक्स च्याम्पियन भएको हो ।

१ सय ९३ रनको लक्ष्य पछ्याएको साविक विजेता भ्यानकुभरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । ओपनर चल्न नसकेको खेलमा मध्यक्रमका ब्याट्सम्यानले भ्यानकुभरको ईनिङ्स उकासेका थिए ।

कप्तान सोयब मल्लिकले ६४ रन बनाएको ईनिङ्समा आन्द्रे रसेलले नटआउट ४६ रन बनाएका थिए । यसअघि, पहिले ब्याटिङ गरेको सोमपालको हक्सले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । साईमन अनवरले ९० रन बनाएको ईनिङ्सका अर्का ओपनर क्रिस लेनले ३७ रन बनाएका थिए ।

जेपी डुमिनीले ३३ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । आन्द्रे रसेलले सर्वाधिक ४ विकेट लिए । निर्धारित ओभरको खेल बराबरीमा सकिएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्सले बाजी मारेको थियो ।

हक्स च्याम्पियन बनेपछि सोमपाल भने अधिकांश समय मैदान बाहिर रहे । पहिलो खेलमा राम्रो प्रर्दशन गर्न नसकेपछि उनले मौकानै पाएनन् । उनी पहिलो पटक विदेशी फ्रेन्चाईज लिगमा किनिएका थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।