सुदूरखबर डटकम

धनगढीमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरले गर्मी छल्न सुईमिङ पुल पनि संचालनमा

label समाचार प्रकाशक query_builder August, 13 2019

धनगढीको कैलाली पुलमा सञ्चालित चौलानी डिपार्टमेन्टल स्टोरले फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसन सञ्चालनमा ल्याएको छ । ३५ कोठा सहितको बुटिक होटल, न्याकुजी तथा सौना सहितको फिटनेस सेन्टर समेत सञ्चालनमा ल्याउने योजना संगै आज फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसनको सेवा आरम्भ गरेको हो ।

ग्राहकको मागलाई मध्यनजर गर्दै फुडकोर्ट, सुइमिङ पुल र कफी स्टेसन सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले जनाएको छ । १ करोड ५० लाखको लागतमा १ सय ५० जना क्षमताको सुइमिङ पुल सञ्चालनमा ल्याएको स्टोरका प्रबन्ध निर्देशक मान सिहं साउँदले बताए । सुइमिङ पुलमा बालबालिकाको टिकट १ सय ५० र अन्यका लागी २ सय ५० राखिएको छ । सुइमिङ पुल संगै रेडीमेड कफी र फुडकोर्ट सञ्चालनमा ल्याएको साउँदले बताए । फुडकोर्डमा सुदूरपश्चिमका परिकार सहित पिज्जा, बिर्यानी तथा आइसस्क्रिम राखिएको उनले बताए ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...