सुदूरखबर डटकम

किन भएन डेंगु नियन्त्रण ?

label सुदूर खबर संवाददाता query_builder August, 13 2019

काठमाडौं, साउन २८ ।  डेंगु रोग नियन्त्रण नभएपछि सरकारी अधिकारी चिन्तित देखिएका छन्। बिरामी झन् बढ्ने हो कि भन्ने डर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. विवेककुमार लाल बताउँछन्। डेंगु संक्रमितको संख्या झन्डै ३५ सय पुगेको छ ।

पिउने पानी अभाव भएको क्षेत्रमा डेंगु संक्रमण बढी देखिएको छ। भाँडाकुँडामा पानी संकलन गरे पनि छोप्ने गरेको पाइँदैन। फोहोरमैलाको उचित व्यवस्थापन हुन सकेको छैन।

सडकका खाल्डाखुल्डी, पुराना टायर, गमला, कुलरमा जमेको पानीमा लामखुट्टेले फुल पार्छन्। ती लामखुट्टेको टोकाइबाट रोग फैलिने गरेको छ। डेंगुले प्रदेश १ र ५ का बासिन्दालाई सताएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारले लामखुट्टेको फुल एवं लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालनमा दुई वर्षमा झन्डै ११ करोड खर्च गरेको छ। नतिजा भने अपेक्षाकृत सन्तोषजनक देखिएको छैन।

‘अब व्यवहार परिवर्तनको खाँचो छ’, निर्देशक डा. लाल भन्छन्। सहरी क्षेत्रमा फैलिएको डेंगु रोकथामका लागि स्थानीय बासिन्दासँगै सरकारको भूमिका प्रभावकारी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको उनको ठम्याइ छ । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।