सुदूरखबर डटकम

स्नाइडरले लिए फुटबलबाट सन्यास

label सुदूर खबर संवाददाता query_builder August, 13 2019

एजेन्सी । नेदरल्याण्डका पूर्व मिडफिल्डर वेस्ली स्नाइडरले फुटबलबाट सन्यास लिएका छन् । च्याम्पियन्स लिग विजेता मिडफिल्डर स्नाइडरले मंगलबार व्यबसायिक खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

डच टिमबाट सर्वाधिक खेल खेल्ने फुटबलर स्नाइडरले अन्तराष्ट्रिय फुटबलबाट भने गत वर्ष नै सन्यास लिएका थिए । डच क्लब आयाक्सबाट फुटबल करियर गरेका स्नाइडरले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब इन्टर मिलान र टर्किस क्लब गलातासारेबाट खेलेका थिए  ।

३५ वर्षे स्नाइडरले आयाक्सबाट १२६ खेलमा ४३ गोल गरेका थिए  । सन् २००७ मा स्पेनिस क्लब आएका उनले रियलबाट ५२ खेलमा ११ गोल गरेका थिए  । उनले रियलबाट एक पटक ला लिगा जितेका थिए  ।

यस्तै सन् २००९ मा इटाली आएका उनले मिलानबाट ७६ खेलमा १३ गोल गरेका थिए  । जोसे मोरिन्होले नेतृत्वमा उनले मिलानबाट च्याम्पियन्स लिग, सिरी ‘ए’ र कोपा इटालियाको उपाधि जितेका थिए ।

विश्वकप उपविजेता टोलीका सदस्य स्नाइडरले नेदरल्याण्डबाट १३४ खेल खेलेका थिए । सन् २०१० दक्षिण अफ्रिकाको विश्वकपमा नेदरल्याण्ड उपविजेता रहदा स्नाइडरले टिममा थिए । यस्तै सन् २०१४ को ब्राजिल विश्वकपमा नेदरल्याण्ड तेस्रो हुँदा उनि टिममा मुख्य खेलाडी थिए ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।