सुदूरखबर डटकम

राष्ट्रिय माविमा भद्रगोल ! प्रध्यानाध्यापकको मनोमानी, तलव नपाएको भन्दै शिक्षक आन्दोलित

label जीवन बिष्ट query_builder August, 14 2019

धनगढी,साउन २९ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माविमा शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् ।

विद्यालयमा प्रधानाध्यापकको मनोमानी बढ्दै गएको र तलब नपाएको भन्दै शिक्षकहरू आन्दोलनमा उत्रिए पछि मंगलवारबाट बिद्यालयको पठन पाठन अवरुद्ध वनको हो ।

प्रधानाध्यापक चौधरीले आफूले नियमित रूपमा तलब बुझेपनी अन्य शिक्षकहरूलाई ८ महिना बित्दा पनि तलब नपाएको शिक्षक दीपकराज गौतमले बताए ।


प्रधानाध्यापक चौधरीले विद्यालयमा आर्थिक अनियमितता गरेका कारण बर्षाै देखी सार्वजनिक सुनुवाइ समेत नगरेको शिक्षकहरूको आरोप छ । प्रधानाध्यापक चौधरीले विद्यालयका महत्त्वपूर्ण सूचना समेत लुकाउने गरेका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको शिक्षक राजु बस्नेतले बताए ।

आन्दोलित शिक्षकहरूले प्रधानाध्यापक चौधरीको राजीनामा माग समेत गरेमा छन् । प्रधानाध्यापक चौधरीले भने विद्यालय व्यवस्थापन समितिसँग बैठक बसी आवश्यक निर्णय गर्ने बताए । माग पुरा नभए सम्म आन्दोलन नरोकिने चेतावनी शिक्षकहरूको छ ।

बिद्यालय प्रशासन समक्ष ६ बुदेँ माग
आन्दोलित शिक्षकहरुले प्रध्यानाध्यापक राम छबिला चौधरी समक्ष ६ बुदेँ माग पत्र पेश गरेका छन । संचयकोष नियमिति गर्नु पर्ने,आंशिक शिक्षकहरुले खाई पाई आएको ३ महिनाको तलब दाखिला गर्नु पर्ने,विहानी वा दिवा शत्र कुन संचालन गर्ने निश्चीत गर्नुपर्ने,नियुक्ती पत्र दिनु पर्ने,संगित शिक्षक लालमणी जोशी सरको सम्मान जनक व्यवस्था गर्नु पर्ने मागहरु शिक्षकहरुले राखेका छन् ।

साथै उनीहरुले भाद्र १ गते सम्म माग पुरा नभए कडा सर्घषमा उत्रिने चेतावनी दिएका छन् । शिक्षकहरुका माग प्रती प्रशासन सकरात्मक देखिए पछी बुधबार बाट पठन पाठन सुरु भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...