सुदूरखबर डटकम

यसपालीको दशैंमा मात्र ५ दिन सरकारी बिदा !

label समाचार प्रकाशक query_builder September, 13 2019

काठमाडौं, २७ भदौं । यस वर्षदेखि दशैं विदामा कटौती आएको छ । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो ।

तर अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।

विदा कटौती भएपछि सरकारी कर्मचारीहरुले पनि थोरै दिन मात्र विदा पाउने भएका छन् । जसका कारण दशैंछेकमा बनाएका योजनाहरु विदा अवधिभरमै व्यवस्थापन गरिसक्नु पर्ने वाध्यता हुन्छ ।

तपाईंको प्रतिक्रिया दिनुस्