सुदूरखबर डटकम

प्रेस काउन्सिका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ झनै शक्तीशाली बन्दै विश्व प्रेस काउन्सिलको महासचिव बने

label समाचार प्रकाशक query_builder September, 13 2019

प्रेस काउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठलाई अर्को सफलता मिलेको छ । उनि विश्व प्रेस काउन्सिलको महासचिवमा पदमा निर्वाचित भएसँगै उनलाई अर्को ठुलो सफलता मिलेको हो ।

अजरबैजानमा शुक्रवार सम्पन्न सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित भएका हुन् । सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो ।

श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो ठाउँसम्म पुर्‍याउने मेरो प्यारो मातृभूमि नेपाल, महान नेपाली जनता, नेपाल सरकार, प्रेस काउन्सिल नेपाल परिवार, समस्त पत्रकार जगत, साथी-शुभेच्छुकमा धन्यवाद ! यो खुशी, यो विजय व्यक्तिगत रूपमा मेरो हैन, समग्रमा नेपालको सामूहिक जीत हो ! सबैमा बधाई,सबैमा शुभकामना !’ निर्वाचित भएपछि उनले फेसबूकमा लेखेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्