सुदूरखबर डटकम

संविधान दिवसका अवसरमा फुटबल (फोटो फिचर)

label सुदूर खबर संवाददाता query_builder September, 18 2019

डडेल्धुरा, असाेज १ । डडेल्धुरामा संविधान दिवस चार दिनसम्म विविध कार्यक्रम गरी मनाइँदैछ । संविधान दिवसकै अवसरमा बुधार मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्ट र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको टिमबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । डडेल्धुराको टुँडिखेलमा सञ्चालित खेलमा दुबै टोलीले पेनाल्टीसहित ३/३ गोलको बराबरी खेले।

दिवकै अवसरमा भोलि दिउँसो मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो । संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर तीनदिनसम्म संविधान दिवस मनाइँदै आइएको छ ।

असोज २, ३ र ४ गते सबै सरकार कार्यालयहरु, राजनीतिक दल, विभिन्न संघसंस्थाहरु, नागरिक समाज एवं वुद्धीजिवीलगायत सम्वूर्ण नगरबासी तथा जिल्लाबासीहरुले आफ्नो ठाउँ तथा घरमा साँझ दिपावली गरिनेछ ।

दिवसको अवसरमा असोज २ गते अमरगढी नगरपालिका उद्योग वाणिज्य संघको समन्वयमा अमरगढी नगर क्षेत्रमा विषेश सरसफाइ गरिने भएको छ ।

असोज ३ गते बिहान ८ बजे स्थानीय बसपार्क बागबजारबाट राष्ट्रिय झण्डासहितको प्रभातफेरी कार्यक्रम सुरु गरी जिल्ला समन्वय समिति डडेल्धुराको प्राङ्गणमा एक समाहरोकाबीच औपचारी कार्यक्रम सम्पन्न गरिनेछ । दिवसकै अवसरमा असोज ४ गते बिहान ८ बजे डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ ।

   

 

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।