सुदूरखबर डटकम

नेपालकी चर्चित युट्युवर सोनिका भारतिय कमेडियन कपिल शर्मासँग अन्तर्वातामा बेस्त

label समाचार प्रकाशक query_builder September, 23 2019

काठमाडौं, ६ असोज । चर्चित युट्युबर सोनिका रोकाया यतिबेला भारतको मुम्बई पुगेकी छिन् । लामो समय देखि रेडियो टिभी हुँदै अहिले आफ्नै युट्यब च्यानल ‘द सोनीका शो’ चलाउँदै आएकी सोनीका मुम्बई पुगेकी हुन् ।

सोनिकाले मुम्बईमा भारतीय चर्चित कलाकार कपिल शर्मासँग भेट गरेकी छिन् । उनले कपिलसंग ‘द सोनिका शो’को लागि अन्तरवार्ता पनि लिएको जानकारी दिइन् ।

पछिल्लो समय सामाजिक कामहरुमा पनि अग्रसर हुँदै आएकी सोनीकाले अब राजनीतिक रुपमा पनि आफुलाई बलियो बनाउने सोच बनाएको बुझिएको छ ।

जानकारी अनुसार पुर्व राज परिवारसँग नजिक भएकी उनले कुन विचार धारको राजनीति गर्छिन भन्ने कुरा भने अहिलेको खुलेको छैन ।

तपाईंको प्रतिक्रिया दिनुस्