सुदूरखबर डटकम

सुदुरपश्चिमका चेला पबिन्द्र सुनार लोकस्टारको टप ६ भित्र

label समाचार प्रकाशक query_builder September, 28 2019

धनगढी अडिसन बाट गोल्डेन माइक बिजेता पबिन्द्र सुनार आज नेपाल लोक स्टार को ट्प 6 मा पर्न सफल भएका छन । अब भने बाजुराका पविन्द्र सुनार उत्कृष्ट 6 मा पर्न सफल भएर अर्को बिहिबार हुने अडिसनको मतदानका लागि उनले भोटको लाई पनि अपिल गरेका छन । अर्को हप्ता को
शुक्रवार राती हुने अडिसनमा उत्कृष्ट ५ को छनोट हुने भएको छ । उत्कृष्ट ५ का लागि पविन्द्रले सुरक्षित स्थान बनाइदिन सम्पुर्णमा अनुरोध गरेका छन् । बाजुरा मात्र नभई शुदुरपश्चिम प्रदेश बाट नेपाल लोक स्टारमा पविन्द्र सुनार मात्र रहेका छन् ।
सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए । उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए । साइलेन्स अडिसन, ओपन अडिसन, प्रि–अडिसन, जज अडिसन हुँदै ‘नेपाल लोक स्टार’ले मेगा अडिसनको यात्रा गरेको थियो । अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्