सुदूरखबर डटकम

महानायक राजेश हमाललाई एक लाख राशिको पुरस्कार

label सुदूर खबर संवाददाता query_builder September, 29 2019

काठमाडौं, असोज १२ । नेपाली चलचित्रका लोकप्रिय नायक राजेश हमाललाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ।

झण्डै ३०० को हारहारीमा चलचित्रमा अभिनय गरिसकेका महानायक हमालले नेपाली सिनेमा उद्योगको विकासमा महत्वपूर्ण योगदान गरेबापत साधना कला केन्द्रले उक्त सम्मान गर्न लागेको हो।

असोज १२ गते ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ कार्यक्रम गरी उक्त सम्मान प्रदान गरिने कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए।

सो अवसरमा नायक हमालले अभिनय गरेका विभिन्न चलचित्रका झण्डै ३० गीत विभिन्न कलाकारले गाउने छन्। भारतीय गायिका साधना सरगम उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ। केन्द्रले २०५२ सालदेखि यस किसिमको कार्यक्रम गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया दिनुस्
Loading...
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।