सुदूरखबर डटकम

डोटीको जोरायल क्षेत्रमा छायाङ्कन गरिएको बिराज भट्टको सांङ्लो चलचित्रको ब्यानर प्रदर्शन

label समाचार प्रकाशक query_builder September, 29 2019

काठमाडौं – एक्सन स्टार विराज भट्टको फिल्म ‘साङ्लो’ को फस्ट लूक सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता विराज भट्टलाई देख्न सकिन्छ ।

विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भइहरेको यो फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउने पनि जनाइएको छ । पहिलो फिल्म तिहारको अवसर पारेर कार्तिक १५ मा रिलिज गरिने भनिएको थियो ।

तेजबहादुर खड्काले लगानी गरेको यो फिल्ममा विराज भट्टको निर्देशन समेत रहनेछ । विराजले यो फिल्ममा पूर्व मिस नेपाल निकिता चण्डकसँग रोमान्स गरेका छन् ।

फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन् भने मानकृष्ण महर्जनले खिचेका हुन् ।

‘साङ्लो’ मा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारले ‍समेत अभिनय गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्