सुदूरखबर डटकम

जोखिममा डिजिटल बैंकिङ

label सुदूर खबर संवाददाता query_builder September, 30 2019

काठमाडौं, असोज १३ ।चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे । नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए ।

पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्यो । नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन् ।

यो घटनामा प्रभु बैंकले २ करोड ४५ लाख, ग्लोबल आईएमईले ४६ लाख, सनराइजले २५ लाख, माछापुच्छ«ेले २१ लाख, एनआईसी एसियाले १७ लाख, सिटिजन्सले ३ लाख ४५ हजार र जनताले २ लाख रुपैयाँ गुमाए ।

त्यसमध्ये १ करोड २६ लाख स्वदेशी र थप ५० लाख रुपैयाँजति विदेशी पैसा बरामद भएको छ । विगतमा पनि दर्जनौं पटक विदेशी नागरिकले नेपालका एटीएम बुथबाट पैसा चोरी गरेका थिए ।

उच्चस्तरीय प्रविधि प्रयोग गरी एकैपटक ठूलो परिमाणमा पैसा लुट्ने प्रवृत्ति देखिएको छ । साइबर सुरक्षाका जानकार विवेकशमशेर राणा हालैका घटनाबाट ‘काल पल्किएको’ आभास भएको बताउँछन् । ‘अब काल पल्किएको छ’, उनी भन्छन्, ‘हामी यसप्रति सचेत हुन जरुरी छ ।’

साइबर सुरक्षा यो दशककै जटिल समस्या बनेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत वर्ष एक प्रतिवेदनमा हरेक वर्ष विश्वभरका बैंकले १ खर्ब डलर साइबर हमलामा गुमाउने गरेको जनाएको थियो । उक्त रकम नाफाको ९ प्रतिशत हुने आईएमएफको आँकडा छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार विनय बञ्जाराले लेखेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।