सुदूरखबर डटकम

आजबाट सातै प्रदेशमा फोरजी सेवा

label सुदूर खबर संवाददाता query_builder October, 02 2019

काठमाडौं: नेपाल टेलिकमले आजबाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।

त्यसक्रममा प्रधानमन्त्री केपी ओलीले नेपाल एक युगमा प्रवेश गरेकोले सबैसँग खुसी बाढ्न चाहेको बताए । यो सबै नेपालीको साझा सफता भएको बताए । यसको लाभ सबैले जनाले लिन सक्नु पर्ने उनको भनाइ छ ।

मुख्यमन्त्रीसँग कुराकानी गर्ने क्रममा मुख्यमन्त्रीहरुले आवाज सुन्न समस्या देखिएको थियो । ‘साउण्डमा अलिअलि समस्या रहेछ, यसलाई मिलाउनु पर्ने रहेछ’ प्रधानमन्त्रीले भने । फोरजी उच्च गतिको इन्टरनेट सेवा हो । आजबाट ३२ जिल्लाका ५० शहरका जनताले यो सेवा लिन सक्नेछन् ।

तपाईंको प्रतिक्रिया दिनुस्
सुदूर खबर संवाददाता

सुदूर खबर संवाददाता

सुदूर खबर अनलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित यो (www.sudurkhabar.com) सुदूर पश्चिमको पहिलो र एक मात्र आधिकारिक अनलाइन न्यूज पोर्टल समयानुसार पाईलाहरु अगाडि बढाउँदै सही सूचना र निश्पक्ष समाचार सम्प्रेषण गर्न हामी तपाई माझ उपस्थित छौँ ।