सुदूरखबर डटकम

सिगास गाउँपालिका को आर्थिक विकास मा पर्यटन उद्योगको भूमिका

label समाचार प्रकाशक query_builder October, 03 2019

राजेन्द्र सिंह साउद / बैतडी,असोज-१६ । नेपाल प्राकृतिक सुन्दरता ले भरिएको देश हो । यहाँको जातिय तथा सास्कृतिक विविधता बिश्व मै प्रसिद्ध छ । यस्ता प्राकृतिक तथा सास्कृतिक सम्पदा भएको हुनाले नेपाल पर्यटकिय दृष्टिकोण ले अत्यन्तै उचित मुलुक हो ।
सोही अनुसार सुदूरपश्चिम प्रदेश को महाकाली अञ्चल को बिकट जिल्ला बैतडी जिल्ला को दुर्गम ठाउँको सूचीमा पर्ने सिगास गाउपालिका मा पनि थुप्रै पर्यटकिय सम्भावना बोकेका धार्मिक र पर्यटकिय स्थल हरू रहेका छन् । कुनै पर्यटकिय स्थल प्रचारप्रसार को अभावमा त कुनै यातायात को असुविधा का कारण धेरै ठाउँमा चिन्ने अवसर गुमाएका छन । पर्यटक लाई आवश्यक सुविधा उपलब्ध गराएर सिगास गाउँपालिका का विभिन्न स्थानमा भित्र्याउन सके सिगास गाउपालिका मा पनि पर्यटन उद्योगको राम्रो सम्भावना देखिन्छ ।

पर्यटन उद्योग लाई राम्ररी सञ्चालन गर्न सिगास गाउपालिका लाई प्रकृति ले नै सुन्दर उपहार प्रदान गरेको छ । यातायात को सुविधा हुन्थ्यो भने शिगास मा पनि उच्च हरियाली डाँडा काँडा , कति राम्रो रहनसहन, कति राम्रो खानपान, भेषभुषा, चालचलन, धार्मिक र सांस्कृतिक स्थल हेर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पर्यटक यहा ओईरिन्छन । सहरको भीडभाड बाट वाक्क भएका मानिस हरु को लागि सिगास गाउपालिका को प्रकृति आकर्षक गन्तव्य बन्न सक्ने पक्का पक्की छ । उच्च डाँडा मा अवस्थित “कुम्भ को केदार ठूलो शिरको शिगास ठूलो” नाम बाट परिचित “श्री शिगास (शिव जी) को मन्दिर” देखि लिएर कलकल बग्ने थुप्रै नदीनाला,धार्मिक र सांस्कृतिक स्थल सिगास गाउँपालिका का विभिन्न स्थानमा रहेका छन् । यस्तो प्राकृतिक बिबिधता ले स्वदेशी तथा विदेशी पर्यटक लाई शिगास का यी पर्यटकिय र धार्मिक स्थल ले आकर्षण गर्ने छन ।

यदि सिगास गाउपालिका का सम्पूर्ण वडा हरु मा सडक सञ्जाल बिस्तार हुने हो भने सिगास का बिभिन्न ठाउँमा कोही प्राकृतिक सुन्दरता को अवलोकन गर्न आउँथे त कोही साहसी खेलहरू खेल्न आउँथे । कोही शिगास मन्दिर को अवलोकन गरी हिमाल, पहाड, तराई का बिभिन्न फाँटहरू हेर्न आउँथे त कोही शिगास मा पाउने जीवजन्तु हरू हेर्न आउथे । यसरी आउने पर्यटक हरू ले यहा घुम्दा, बस्दा, खादा , पैसा खर्च गरिरहेका हुन्थे उनीहरुले तिरेको राजस्व बाट सिगास गाउपालिका लाई प्रत्यक्ष फाइदा पुग्ने थियो । यस्तै उनीहरु लाई सेवा र सुविधा दिदै गर्दा सिगास गाउपालिका बासी जनता ले रोजगार समेत प्राप्त गर्न सकिन्छ । यसबाट बेरोजगारी समस्या को समाधान मा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ ।
पर्यटक हरू का लागि सिगास गाउपालिका एउटा सुन्दर गन्तव्य स्थल हो । यहाँका बिभिन्न पर्यटकिय स्थल हरू मा शिगास (शिव मन्दिर) , शिगास मन्दिर बाट देखिने हिमाल, पहाड, तराई का बिभिन्न फाँटहरू र भारतको उत्तराखण्ड का बिभिन्न ठाउँ कुमाउ, नैनिताल , सिगास गाउपालिका हुदै बहने नदी नाला हरू, यहाँका प्राकृतिक , धार्मिक, सांस्कृतिक स्थल हरू रहेका छन् । यस्ता अथाह सम्भावना बोकेका सिगास गाउपालिका भित्र का बिभिन्न धार्मिक तथा ऐतिहासिक स्थल संरक्षण र संवर्द्धन गर्न सके सिगास गाउपालिका मा पर्यटन उद्योगको सम्भावना देखि लिएर सिगास गाउपालिका को उन्नती प्रगति हुने विश्वास गर्न सकिन्छ ।
त्यसैले सिगास गाउपालिका भित्र का पर्यटकिय स्थल हरू संरक्षण प्रचार प्रसार गर्नु सबै युवा तथा सम्पूर्ण नागरिक को कर्तव्य हो ।

तपाईंको प्रतिक्रिया दिनुस्